पोखरामा होटल पौवाको ११ औं मिशन,जुम्लाको मार्सी देखि पाल्पाको चुकाउनीको स्वाद

पाेखरा | चैत ८, २०७९

पोखरामा होटल पौवाको ११ औं मिशन,जुम्लाको मार्सी देखि पाल्पाको चुकाउनीको स्वाद

पोखरा:    रुपन्देहीको सालझण्डीबाट पहिलो यात्रा शुरुवात गरेको होटल पौवाले ११ औं शाखा पोखराको लेकसाइडबाट होटल पौवा सञ्चालनमा ल्याएको छ । 


मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए । 


‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’


उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो । 


विगत ७ महिना देखि होटल सञ्चालनमा आएपनि औपचारिक रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० उद्घाटन गर्ने कार्यक्रम तय भएको होटल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भणडारीले बताए । 


रुपन्देहीको सालझण्डीबाट होटल प्रारम्भ गरेको पौवा प्रालिले भैरहवा, बुटबल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही, घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदुरपश्चिम प्रदेशको धनगढी र ११ औं शाखाको रुपमा पोखरामा होटल पौवा सञ्चालनमा आएको हो । 


पोखरामा औपचारिक रुपमा सञ्चालनमा आउन लागेको होटल पौवामा चैत १०, ११ र १२ गते कर्णाली प्रदेशको जुम्ला शाखाको मार्सी, पाल्पा तानसेनको चुकाउनी लगायतको शाखा होटलको स्वाद पस्कने होटलका निर्देशक ज्ञवालीले बताए । 


‘मिशन १ सयको हो, अहिले ११ औं मिशनमा आइपुगेका छौं, जुन ठाउँमा शाखा सञ्चालनमा आउँछ, त्यही स्थानको स्थानीय उत्पादनलाई होटलको परिकारमा प्रयोग गर्दै आएका छौं, उनले भने, नेपालमा उत्पादन हुन नसकेको परिकारलाई मात्र होटलमा प्रयोग गर्ने गरेका छौं ।’


पोखरामा करिव ५० बढीलाई रोजगारीको अवसर दिएको प्रालिले ११ वटै शाखामा गरेर करिव ३ सय बढीलाई रोजगार दिएको छ, भने करिव ५० देखि ६० करोड लगानी भएको प्रालिले जनाएको छ । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्